२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा कर्णालीको पहिलो जित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । जारी लिगमा आफ्नो तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा कर्णालीले चितवनमाथि ६ विकेटको जित हात पार्यो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

उसका लागि शिखर धवनले ४५, चाडविक वाल्टनले ३०, देव खनालले २५, जिसन मक्सुदले अविजित १२ तथा अर्जुन घर्तीले अविजित ११ रन बनाए ।

बलिङतर्फ चितवनका कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रवि बोपाराले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन जोड्यो ।

उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । ४० बलमा ५९ रनसहित अविजित रहेका बोपाराले ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले २३ रन जोडे ।

बोपारा र कप्तान मल्लबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भएको थियो । तर, कर्णालीका मक्सुदले मल्लाई आउट पार्दै उक्त साझेदारी तोडे ।

बलिङतर्फ कर्णालीका विपिन शर्माले तीन विकेट लिए भने जिसन मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।




भर्खरै