२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनभन्दा पहिले महेश बाबुलाई गरिएको थियो ‘पुष्पा’को अफर



अ+ अ-

एजेन्सी । डिसेम्बर ५ मा रिलिज भएको फिल्म ‘पुष्पा २ः द रुल’ले लगातार बक्स अफिसमा ठूला रेकर्ड तोडिरहेको छ ।

यसको अघिल्लो फिल्म पुष्पाः द राइजले विश्वभर ३७३ करोडको कलेक्सन गरेको थियो भने यसको सिक्वेल फिल्म ‘पुष्पा २’ ले तीन दिनमा सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा छैठौं स्थानमा पुगेको छ ।

यो फिल्म तेलुगु र हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरिएको छ । तर, थोरैलाई थाहा छ कि अल्लु अर्जुनभन्दा अगाडि पुष्पाको भूमिका निर्वाह गर्नका लागि महेश बाबु निर्माताको पहिलो रोजाइ थिए ।

उनले यो फिल्म साइन पनि गरेका थिए तर पछि उनले अस्वीकार गरेका थिए । योसँगै आर माधवन र विक्रम जस्ता कलाकार पनि फिल्मको हिस्सा बन्न सक्थे ।

चलचित्र पुष्पा निर्देशक सुकुमारले लेखेका हुन् । सन् २०१४ मा सुकुमारले निर्देशन गरेको फिल्म ‘१ः नेनाक्कडिन’मा महेश बाबुले मुख्य भूमिका निभाएका थिए । जब सुकुमारले पुष्पा फिल्मको स्क्रिप्ट पूरा गरे, पहिलो रोजाईमा महेश बाबु थिए । महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मन पर्यो र उनी यसमा सहमत भए ।

सन् २०१८ मा महेश बाबु फिल्म महर्षि (२०१९)को सुटिङमा थिए, त्यसपछि उनी पुष्पाको सुटिङ सुरु गर्न लागेका थिए । २०१८ मा मिथरी मूभी मेकर्सले निर्देशक सुकुमार र महेश बाबुलाई लिएर एक फिल्म घोषणा गरे । यो फिल्मको छायांकन जनवरी २०१९ बाट सुरु हुने भनिएको थियो, तर त्यसअघि महेश बाबुले रचनात्मक भिन्नताको कारण सुकुमारका दुवै फिल्म छोडेर ‘सरिलेरु नीकेवारु’लाई साइन गरे ।

महेश बाबुले फिल्म छोडेपछि सुकुमारले अल्लु अर्जुनलाई फिल्म अफर गरेका थिए । यसअघि अल्लु अर्जुनले सुकुमारको फिल्म आर्य २ मा काम गरेका थिए ।

‘पुष्पा’मा मलयालम अभिनेता फहद फाजिलले नकारात्मक भूमिका निभाएका छन् । तर, यो भूमिका सबैभन्दा पहिले अभिनेता जिशु सेनगुप्तालाई दिइएको थियो । उनले फिल्म साइन पनि गरेका थिए तर कोभिड १९ का कारण उनले फिल्म अस्वीकार गरेका थिए ।

जसु सेनगुप्ता पछि विजय सेतुपतिलाई फिल्ममा फाइनल गरिएको थियो । जनवरी २०२० मा यसको घोषणा पनि गरिएको थियो, तर जुलाई २०२० मा, विजय सेतुपतिले आफ्नो व्यस्त कार्यक्रमका कारण फिल्म छोडे ।

यसपछि विक्रम, बबी सिम्हा, आर. माधवन र आर्य जस्ता कलाकारहरूको नाम पनि विचार गरियो, तर अन्ततः फहद फाजिललाई फिल्मको लागि फाइनल गरियो ।

 




भर्खरै