२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकस्टार आयुषसिंह ठकुरी र एलिजेको टिकटक आईडी गायब !



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा चर्चित जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोल हुँदै आएका छन् । आफ्नी आमालाई लिएर गरेको टिप्पणीपछि आयुषले ट्रोलको सामना गर्नुपरेको हो ।

यसैबीच, यो जोडीको टिकटक अकाउन्ट नै गायब भएको छ । सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो ।

पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर्स थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर्स थिए ।

अहिले उनीहरूको युजरनेम सर्च गरेर हेर्दा उक्त पेज उपलब्ध नभएको देखाउँछ ।

यी जोडीले जानाजान अस्थायी रूपमा अकाउन्ट हटाएका हुन् वा टिकटकले नै प्रतिबन्ध लगाएको हो भन्नेबारे खुलिसकेको छैन ।