२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ



अ+ अ-

एजेन्सी । ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरिएको छ । सुपरस्टार अल्लु अर्जुनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले लेखेको छ ।

हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो । अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सोहि क्रममा अनुसन्धानको लागि अल्लु अर्जुनलाई पक्राउ गरिएको बताईएको छ ।

चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।