२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरसँग चितवन पराजित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २३ औं खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो । विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्रै बनाउन सक्यो ।

उसका लागि अमर रौतेलाले ४२, सन्तोष कार्कीले २८, कुशल मल्लले २५ तथा रवि बोपाराले २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले दुई, सुवास भण्डारी, बसिर अहमद, लोकेश बम र क्रिस सोलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो ।

उसका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । उनी बलमा ६८ रनसहित अविजित रहे । ४४ बल खेलेका उनले ४ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै, मार्टिन गप्टिलले ४५ रन जोड्दा राजेश पुलामी ३३ रनमा अविजित रहे । विराटनगरले अतिरिक्त २३ रन पायो । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेद तनभिर, बसिल हमिद र कुशल मल्लले एक–एक विकेट लिए ।

एनपिएलमा यो विराटनगरको छैठौँ खेल हो । ६ खेलमध्ये विराटनगरले दुई खेल जित्दा चार खेलमा हार ब्यहोरेको छ ।

यस्तै चितवनले ६ खेलमध्ये तीन खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ ।