२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताउनु भयो । उहाँले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेपाली काँग्रेसल जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भुमिाका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली काँग्रेस पार्टीको क्रियाशिल सदस्य हो । क्रियाशिल सदस्य भएपछि नेपाली काँग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुप¥यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली काँग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली काँग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताउनु भयो ।