२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘करिश्मा का करिश्मा’ फेम झनक शुक्लाले विवाह गरिन्



अ+ अ-

एजेन्सी । शाहरुख खान स्टारर फिल्म ‘कल हो ना हो’ र ‘करिश्मा का करिश्मा’ जस्ता टिभी शोमा देखिएकी झनक शुक्लाले विवाह गरेकी छन् ।

उनले आफ्नो लामो समयका प्रेमी स्वप्निल सूर्यवंशीसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । जसका तस्विरहरू पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

झनक शुक्लाले आफ्नो इन्स्टाग्राममा विवाहको भिडियो शेयर गरेकी छन् । यसमा उनी रातो साडी लगाएकी दुलहीको लुकमा निकै सुन्दर देखिएकी छिन् । जबकि स्वप्निल सूर्यवंशीले सेतो रंगको शेरवानी र रातो पगडी लगाएका छन् ।

स्वप्निल सूर्यवंशी मेकानिकल इन्जिनियर र एमबीए क्वालिफाइड छन् । यद्यपि उनी स्वास्थ्य र फिटनेस उद्योगसँग पनि सम्बन्धित छन् ।

झनक शुक्ला प्रसिद्ध वृत्तचित्र निर्माता हरिल शुक्ला र अभिनेत्री सुप्रिया शुक्लाकी छोरी हुन् । झनकले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् । उनी टिभी शो ‘करिश्मा का करिश्मा’ मा रोबोटको भूमिका निभाउनका लागि परिचित छन् ।

यति मात्र होइन, उनले सोनपरी, हातिम र गुमराहका धेरै एपिसोडमा पनि काम गरिसकेकी छन् । सन् २००६ मा झनकले टिभी उद्योगलाई अलविदा गरिन् । अहिले झनक पुरातत्वविद् र जीवनशैली ब्लगर हुन् ।