२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई उपकुलपति नियुक्त



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गर्नुभएको छ ।

दुवै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहनुभएका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसक्नुभएको छ ।

उहाँले नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसक्नुभएको छ । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपालले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त हुनुभएको हो ।

यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसीले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त हुनुभएको हो । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुनुहुन्छ ।रासस




भर्खरै