२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेससभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, गरे कुर्सी तोडफोड



अ+ अ-

काठमाडौं ।  प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने  माग गर्दै कांग्रेसका सांसदहरुले टेबुल तोडफोड गरेका हुन् ।  

सोमबार दोस्रो पटक बसेको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले नाराबाजीसहित प्रदर्शन गरेका छन् । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस उठेर रोष्टम घेर्न पुगेका थिए। उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन्।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। अहिले सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।