२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध खबरदारी सभा गर्ने भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको ६ महिना नपुग्दै असफल भएको भन्दै राप्रपा सरकारविरुद्ध उत्रन लागेको हो ।

मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर पार्टीको पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी दिए ।

यसका साथै राप्रपाले सरकारलाई ७ बुँदे सहमतिको बाचा र संविधान संशोधनको प्रतिवद्धता स्मरण गराउँदै उक्त समझदारीप्रति गम्भीर हुन आग्रह समेत गरेको छ ।

यस्तै सहकारी पीडित नागरिकको बचत र आर्थिक सुरक्षालाई जोड दिँदै सहकारी समस्यामा गम्भीर बन्न सरकारसँग राप्रपाले माग गरेको छ ।

हेर्नुस् विज्ञप्तीः




भर्खरै