२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पुरा गरिसकेको दाबी गर्नुभयो । उहाँले सदर चिडियाखानालाई रात्रिकालिन रुपमा चलाउनको लागि सम्भव भए÷नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गर्नुभयो । उहाँले ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरुको थालनि गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन । पछिल्लो कालखण्डमा जावलाखेल प्रवेश गर्दाखेरि पहिला दुई वटा गेट थियो त्यो गेटमा बार राखिएको थियो । त्यो गेटको नाम नै टाइगर गेट थियो । लगभग ५० औँ वर्ष त्यो गेट हराएको थियो हालसालै हामीले त्यो गेट पनि राखेका छौं । त्यही भएर यहाँले पनि राम्रोसँग हेरिदिुनस् बाघ पनि राम्रै छ त्यहाँ । हामीले बोलेका कामहरु सबै पूरा भएका छन् । तर म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ?एकचोटि अध्ययन गरौं न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहान्छु । किनभने यहाँ रात्रिकालिन क्रियाकलापहरु छैनन् । रात्रिकालिन क्रियाकलापहरु शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा शुरु गरौं । त्यसपछि बिस्तारै बिस्तार गर्दै जाउँला ।’

उहाँले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताउनु भयो ।




भर्खरै