२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको स्वागतमा झुम्यो काठमाडौं, पर्यटकीय क्षेत्र झिलिमिली



अ+ अ-

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा काठमाडौंका पर्यटकीय क्षेत्रलाई झिलिमिली पारिएको छ । पर्यटकीय क्षेत्रहरुमा मानिसहरुको भीडभाड छ ।

काठमाडौंको दरबारमार्ग, ठमेललगायतका क्षेत्रमा नागरिकको बाक्लो उपस्थिति छ । ठमेलमा तस्ट्रीट फेस्टिवल पनि आयोजना गरिएको छ ।

सडक छेउमा टेन्ट राखेर अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत गर्नका लागि भेला भएका मानिसलाई तातो परिकारका साथै पेय पदार्थ पनि बिक्रीमा राखिएको छ । नयाँ वर्ष सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा ठमेलमा भीड पनि बढ्दै गएको छ ।

होटल तथा रेस्टुरेन्टहरु खचाखच भरिएका छन् । मानिसहरु सडकमै नाचगान गरेर रमाइलो गरिरहेका छन् ।




भर्खरै