२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोवल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । ग्लोवल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ ।

आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गर्नुभयो । कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताउनु भयो ।

अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताउनु भयो । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ भनेर उहाँले भन्नुभयो । जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसावले करिव करिव ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्याएका छौँ । त्यो पनि आफैँमा धेरै ठूलो एचिभमेण्ट हो । अझै हाम्रो जुन हिसावले डिपोजिट मोभिलाइजेशन भएको छ, डिपोजिट सोलिसिट गरेको छ, जुन हाम्रो क्यापासिटी छ, जुन हाम्रो रेफरेन्सर, जुन हाम्रो ब्राण्डिङ छ । यो हिसावले अझै हामीले धेरै चिजहरु गर्नसक्ने ठाउँ छ ।’

‘हाम्रो स्ट्रेन्थलाई अझै हामीले क्यापिटलाइज गर्न सकेका छौँ जस्तो लाग्दैन । सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम शुरु गरेको व्यक्तिले १८÷२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमान्दार हिसावले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ । हामीसँग ४ हजार जति कर्मचारी साथी हुनुहुन्छ, शेयर होल्डर त धेरै नै छौँ । मेहनत अझै हामीले बढायौँ भने साइजको हिसावले त सबैभन्दा ठूलो भएका छौँ, हामी अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठूलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्नेकुरा प्रमाणित गर्नको लागि, नतिजा दिन धेरै समय लाग्छ भन्ने मलाई लाग्दैन । हरेक इण्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्नेगरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिन्छ ।’

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधवारसम्म रहनेछ ।




भर्खरै