२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’को कलेक्सन १२ सय करोड नजिक



अ+ अ-

एजेन्सी । ‘पुष्पा २ः द रुल’ २०२४को डिसेम्बरमा रिलिज भएको थियो । त्यसयता यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ । योसँगै यस फिल्मले चौथो हप्तामा पनि राम्रै कमाई गरिरहेको छ ।

यो चलचित्र भारतकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । फिल्मले पहिलो साता ७२५.८ करोड, दोस्रो हप्ता २६४.८ करोड र तेस्रो साता १२९.५ करोड कमाएको थियो । यसपछि फिल्मले २३ औँ दिन ८.७५ करोड, २४ औँ दिन १२.५ करोड, २५ औँ दिन १५.६५ करोड, २६ औँ दिन ६.८ करोड, २७ औँ दिन ७.७ करोड र २८ औँ दिन १३.२५ करोड कमाएको थियो ।

सेकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार, ‘पुष्पा २ः द रुल’ ले रिलिजको २९ औं दिनमा ५.१ करोड कमाएको छ। योसँगै यस फिल्मको कुल कलेक्सन ११८९.८५ करोड रुपैयाँ पुगेको छ । २९ दिनमा फिल्मले तेलुगुमा ३३१.८१ करोड, हिन्दीमा ७७८.४ करोड, तमिलमा ५७.८ करोड, कन्नडमा ७.६९ करोड र मलायालममा १४.१५ करोड कमाएको छ।

फिल्मले पाँचौं सप्ताहन्तमा १२ सय करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।