२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । इंगिलस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरीमा खेलेको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको १६ औं मिनेटमा इथान न्वनेरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६१ औं मिनेटमा जोआओ पेड्रोले पेनाल्टीमार्फत गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

२० खेलबाट ४० अंक जोडेको आर्सनल अंकतालिकाको दोस्रो स्थानमा छ । ब्राइटन २८ अंकका साथ १० औं स्थानमा छ ।