२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा सबभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘पुष्पा २’



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।

रिलिज भएको ३० दिन कटिसक्दा पनि फिल्मले राम्रो व्यपार गरिरहेको छ । ‘पुष्पा २’ ले ३२ दिनमा १३५२ करोड भारू कमाएको भारतीय सञ्चारमाध्यम पिंकभिलाले उल्लेख गरेको छ ।

यससँगै, ‘पुष्पा २’ भारतमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसले ‘बाहुबली २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो ।  ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारू कमाएको थियो ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।

भारतमा धेरै कमाउने फिल्मकोसूची यस्तो छ:
१० पुष्पा २- १३५२ करोड भारू (३२ दिन)
२० बाहुबली २- १३४७ करोड भारू
३० केजिएफ च्याप्टर २-९८७ करोड भारू
४० जवान- ७५४ करोड भारू




भर्खरै