२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागसब्जी फलाएर जीविकोपार्जन गर्दै



अ+ अ-

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झण्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन् ।

उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ ।

गत वर्ष गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदान दिएको थियो । त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै, र दोरी फल्ने बारीमा अहिले लटरम्म गोलभेँडा, बन्दा, काउली र साग उब्जिरहेका छन् ।

गत वर्ष असारमा दिइएको तरकारीखेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ । तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताउनुभयो । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उहाँको भनाइ छ ।

“गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा सम्भावना केही छैन भन्छन्, अहिले हामीहरूले यहाँ धेरै सम्भावना देखेका छौँ, हामीहरूसँग सामान्य तरकारीखेती गर्ने सीप पनि रैनछ, त्यही भएर बजार झर्दा रैछौँ,” उहाँले भन्नुभयो, “अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारीखेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरूले एक सरो लगाउन र बिहान–बेलुकाको छाक टार्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन ।”

पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रू पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लिलाधर कँडेलले बताउनुभयो । आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उहाँको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसानहरू व्यावसायिक बन्दै गएको कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी किसानका लागि तालिम, प्राविधिक र बीउ नभई हुँदैन, विभिन्न सङ्घसंस्थाहरूले सहयोग गर्नुभएको छ, व्यावसायिक बन्न सिकियो, पहिला पहिला हाम्रा बाउबाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारका लागि धेरै समस्या छैन, कहिलेकाहीँ भने अनुसारको बजार नपाउँदा दुःख लाग्छ ।”

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारीखेतीसम्बन्धी तालिम लिएपछि व्यावसायिक रूपमा लाग्ने महिलाहरू बढेको बताउनुभयो । फाउन्डेसनले किसानलाई तालिमसहित टनेल, बीउ र कृषिसम्बन्धी अन्य उपकरण उपलब्ध गराएको उहाँको भनाइ छ ।रासस




भर्खरै