२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दासँग बिहे गर्न चाहन्थिन् रविना !



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले हालसालै रविना टण्डन र शिल्पा शेट्टीसँग राम्रो सम्बन्ध रहेको बताएकी छन् ।

उनले यो पनि खुलासा गरेकी छिन् कि रविनाले प्रायः गोविन्दालाई भेटेको भए उनीसँग विवाह गर्ने थिइन् ।

९० को दशकमा गोविन्दा र रविनाको जोडी बलिउडको हिट जोडी मध्ये एक थियो । उनीहरुले परदेशी बाबु, आन्टी नम्बर १, बडे मियाँ छोटे मियाँ र आखियों से गोली मारे जस्ता चलचित्रमा सँगै काम गरेका छन् ।

हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा सुनिताले गोविन्दासँग सेटमा जाँदा शिल्पा शेट्टी, रविना टण्डन र मनिषा कोइरालाजस्ता अभिनेत्रीहरूसँग धेरै रमाइलो गर्ने गरेको बताइन् । उनले भनिन्– सुटिङपछि हामी सबैले सँगै खाना खान्थ्यौँ । गोविन्दाको सह–कलाकारसँग राम्रो सम्बन्ध थियो । रविना अझै भन्छिन् कि चिची (गोविन्दा)ले मलाई पहिले भेटेको भए उनैसँग बिहे गर्ने थिएँ ।

गोविन्दा सन् १९९० को दशकमा सबैभन्दा लोकप्रिय अभिनेता थिए । एक समय उनले ७५ वटा फिल्म साइन गरेका थिए । दिनमा चारभन्दा बढी फिल्ममा ​​काम गर्दथे । यो अवधिमा उनले घरमा कम समय बिताए । उनी प्रायः सुटिङका ​​लागि बाहिर गगर्दथे । सुनिताले गोविन्दाको यो यात्राको बारेमा पनि बताइन् ।

 




भर्खरै