२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्ती मनाउन नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो ।

उहाँले प्रमुख राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले क्यालेण्डरमा लेखाइएको भएपनि सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक गर्ने हिम्मत समेत गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मुलुकको एकीकरण गर्ने महान व्यक्तिको जन्मजयन्ती मनाउन हिनतावोध गर्ने व्यक्तिबाट मुलुकको संरक्षण नहुने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए कुन देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्नुहुन्थ्यो ? भन्दै प्रश्न गर्नुभयो । पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्न नुहने उहाँको भनाइ छ ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘उहाँले भन्नुभयो, ‘हामीले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्नु हुँदैन । यो देशका मगर, गुरुङ, लिम्बूदेखि सबै जातजातीको योगदान रहेको छ । हाम्रो त्यस बेलाको लिम्बुवान, किराँत राज्य नेपाल एकीकरणमा समावेश नभएको भए अहिले त्यहाँ लिम्बुको छुट्टै राज्य भइराख्थ्यो त ?हामी त्यहाँको राजा भइरहन्थ्यौं त ?यसरि जुन प्रकारले एकीकरणमाथि प्रश्न उठाउने कामहरु भइरहेको छ यसबाट सबै समुदाय सचेत रहनुपर्दछ । होसियार रहनुपर्छ र त्यसको प्रतिवाद गर्नुपर्छ । अहिले नेपाल भन्ने देश नभएको भए आज जुम्लाको ज्ञानेन्द्र शाही र राजेन्द्र लिङदेन कसरी जोडिन्थ्यौं होला ?रामचन्द्र पौडेल कुन देशको राष्ट्रपति हुनुहुन्थ्यो होला ।’

‘केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो होला ? शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । छैटौं र सातौं पटक कुन देशको प्रधानमन्त्री हुन्छु भनेर प्रखेर बसिरहनुभएको हुन्थ्यो होला ? तर उहाँहरु नै पृथ्वी जयन्ती मनाउनका लागि हामीले तपाईलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था छ । क्यालेण्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक कार्यक्रम राख्ने हिम्मतसम्म गर्दैन । यस्तो हिनतावोधबाध गर्ने व्यक्तिहरुबाट देशको संरक्षण कसरि हुनसक्छ । कहाँ छ त्यो संस्कृती मन्त्रालय, कहाँ छ प्रज्ञा प्रतिष्ठान , पृथ्वीनारायण शाह नभएको भए कहाँका प्राज्ञ बन्थे ?कहाँका मन्त्री बन्थे ? यस्ता मान्छेहरुलाई देशको जिम्मेवारी दिएर देशको भविष्य सुरक्षित छैन । पृथ्वीनारायण शाहको नेपालको भविष्यको सुरक्षा छैन ।’

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ ।