काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर निवासी ५४ वर्षीया महिला रहेको अस्पताल स्रोतले जनाएको छ ।
मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।












