२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको दिन सिंगो नेपालीहरु र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गर्नुभयो ।

उहाँले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा भएको बताउनु भयो । उहाँले पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पती भएको बतउनु भयो । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व रहेको पनि बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘यो सिंगै नेपालीहरुको र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन हो । यो दिन आफैँमा पनि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा हो । जसले इतिहास रच्नुभयो । उहाँ सबैको साझा सम्पती हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको वीरताको प्रशंसा गर्नुपर्छ ।

नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व हुनुहुन्छ । नेपाल राष्ट्रलाई माया गर्नुपर्ने, देशलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ । देशको गौरवगाथालाई माथि उठाउनुपर्ने आवश्यकता छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छ । पृथ्वीनारायण शाहको दिव्योपदेश जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’

अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताउनु भयो ।