२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार मन्त्रीपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, तीन मन्त्रालय टुक्राइँदै



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद पुनर्गठनको तयारी गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल संगको निरन्तर छलफल पछि प्रधानमन्त्री ओली पुनर्गठनको तयारीमा लाग्नु भएको हो ।  

पुनर्गठनको जानकारी गत शुक्रबारको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई दिइसक्नु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले केही साथीहरु बाहिरिनु पर्ने अवस्था आएको जानकारी गराउनु भएको थियो ।  

आज १२ बजे बोलाइएको बैठक मन्त्रीहरुलाई धन्यवाद दिनका लागि हुनसक्ने एक मन्त्रीले जानकारी दिनुभयो ।  पूर्व एमाले र पूर्व माओवादीकै हिसाबमा मन्त्रालय भागबण्डा गर्दा नेताहरुलाई  व्यवस्थापन गर्न कठिन भएपछि हाल कायम रहेको तीन वटा मन्त्रालय टुक्राउने तयारी समेत भैरहेको छ ।  हाल कायम रहेका मन्त्रीहरुमध्ये करिब ४० प्रतिशत रहने तथा अरु मन्त्रीलाई बिदा गर्ने तयारीमा प्रधानमन्त्री रहनु भएको छ ।  

नेकपा भित्र शक्तिसंर्घषका लागि अन्तरकलह बढ्दै जाँदा समस्या समाधानका लागि भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनका आधारमा मन्त्रीमण्डलको पुनर्गठन हुन लागेको हो । पुनर्गठनका बारेमा सचिवालय र स्थायी समितिले समेत सहमति जनाइसकेको छ ।