२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ४७, प्रदेश नम्बर २ मा ८ सय ७९, बागमती प्रदेशमा ४ हजार ९ सय ९९ र गण्डकी प्रदेशमा ५ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ५ सय २ गरी देशभरी ७ हजार ८ सय ३३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७०, प्रदेश नम्बर २ मा ७ सय ४२, बागमती प्रदेशमा ५ हजार ८ सय ८० र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ जहार ६ सय ७८, कर्णाली प्रदेशमा २ सय २४ र सुदूरपश्चिम प्रदेशमा १ सय ५४ जना गरी देशभरी १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६,  कर्णाली प्रदेशमा २ हजार ८ सय ४० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ५९ गरी ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन ।