७ असार २०८३, आईतवार
,
Latest
बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो रवि लामिछानेको बयान, थुनछेक बहस जारी



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा बयान सकिएको छ ।

आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै साडे २ घण्टा चलेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजे सुरु भएको लामिछानेको बयान झण्डै ३ बजेसम्म चलेको हो ।

अदालतमा अहिले थुनछेक बहस जारी छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका छन् । लामिछानेको पक्षमा बहस सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की अदालतले लामिछानेलाई पुस २५ गते धेरौटीमा रिहा गरेको थियो । शुक्रबार साँझ काठमाडौं आएका उनी आइतबार बिहान आफैं अदालत उपस्थित भएका हुन् ।