२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी



अ+ अ-

कीर्तिपुर (काठमाडौँ): कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।

डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा स्थापित परम्परागत फलफूलजन्य उत्पादन उद्योग ‘डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रिट्स’को यहाँ उद्घाटन गर्दै उहाँले गरिबी निवारण र महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले महिला नेतृत्व भएका सहकारी संस्थामा तुलनात्मक रुपमा कम समस्या देखिएको समेत उल्लेख गर्नुभयो । स्थानीय स्तरमा सञ्चालित सहकारीले महिलालाई आत्मनिर्भर बनाउँदै श्रीमानको भरपर्नुपर्ने अवस्था कम भएको आफूले पाएको उहाँको भनाइ थियो ।रासस