२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् जनताका पीडा, दशैँमा घर फर्किने बेला उल्टै मुग्लानतिर !



अ+ अ-

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावामा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए। 

‘दसैं र तिहार नजिकै आयो तर के गर्नु ? दसैंमा, तिहारमा पैसो त चाहिन्छ। घरमा केही छैन। नोकरी नगरे कसरी दसैं, तिहार मनाउनु ?’ धामीले भने, ‘त्यसैले दसैंको माया मारेर भारततिर हिनेको।’ 

धामीका घरमा तीन बच्चा र श्रीमती छन्। ‘चार जना घरमा छन्। अन्नले मात्रै के हुनु। नुन, तेल खर्च चाहिएन ? बिरामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन काढेर बिताएँ।’ 

उनीजस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत गइरहेका छन। त्यहीमध्ये एक हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकाका खोमबहादुर कुमाल। ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’, कुमालले भने, ‘अनि कोरोनाको कहरका बीच भारत लागेको।’ दिल्लीमा रहेका मालिकले अब नराख्ने भनेपछि बैंङलोरतिर हिँडेको उनले सुनाए। उनी चैतको लकडाउनका बेला उर्लिंदो हुलमा घर फर्किएका थिए। 

अछामका रूपेश खड्का पनि लालाबालासहित भारततिर पसेका छन्। लकडाउनका बेला लालाबालासहितै घर फर्किएका उनले घरमा गर्जो नटरेपछि दसैं, तिहार छोडेर भारत हिँडेको बताए। ‘घरमा कमाइ खान जग्गा छैन। रोजगार पनि छैन’, उनले भने, ‘सरकारले स्वरोजगार हुने कुनै कार्यक्रम पनि ल्याएको छैन। भारतमा सहजै नौकरी पाइहाल्छ। घरमा बस्यो भने भोकले मरिन्छ, भारतमा कोरोनाले मरिएला त के गर्नु ? जहाँ गए नि मरिने त हो नै।’

नेपालले भारतीय नागरिकलाई यता आउन रोक लगाएको छ। भारतले भने आधार कार्ड र पास भएका नेपालीलाई प्रवेश गर्न दिएको छ। आधार कार्ड भएका आफैं र नागरिकताका आधारमा भारतीय मालिकले पास बनाएर सीमामा पठाई दिएपछि नेपालीहरू भारत जान पाइरहेका हुन्। 

अछामको रामारोशन गाउँपालिका–४ का प्रकाश न्यौपाने पनि साथीहरूको समूहसँगै भारत पसेका छन्। ‘भारतीय साहुले पारि बस पठाइदिएको छ। त्यही बसमा जाने हौं’, न्यौपानेले भने, ‘पहाडी जिल्लामा केही कमाउनका लागि काम छैन। भारत नगए खान पुग्दैन।’ 

कैलाली र कञ्चनपुरका सीमा नाका भएर भदौ १० गतेयता ३० हजारभन्दा बढी भारत पसिसकेका छन्। विगतमा भने यति बेला गाउँ फर्किनेको लर्को हुन्थ्यो। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।