२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य गोदावरी-फोटो फिचर



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ, ललितपुरको गोदावरी । ललितपुरको सातदोबाटोबाट ७ किलोमिटर दूरीमा रहेको गोदावरी प्राकृतिक सौन्दर्यताका लागि पनि उत्तिकै उत्कृष्ट ठाउँ मानिन्छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पौराणिक रुपमा प्रसिद्धि कमाएको गोदावरीमा वनस्पति तथा पुष्प उद्यान पर्या–पर्यटनका लागि उपयुक्त गन्तव्य हो । गोदावरीमा गौतम ऋषिको कुटी, बाह्र बर्षे सिंहअस्त मेला लाग्ने गोदावरी कुण्ड, लाम कुण्ड, गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिर, गोदावरी बौद्धदेवी फूलचोकी माई, मार्बल डाँडा, प्राचीन बुद्धगुम्बा जस्ता ऐतिहासिक धार्मिकस्थलका साथै पिकनिक र पारिवारिक जमघटका लागि उपयुक्त ठाउँ रहेका छन् ।

विभिन्न प्रजातिका फूल, जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको गोदावरी प्राकृतिक सौन्दर्ययुक्त छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको गोदावारीमा पदयात्रा सँगसँगै विभिन्न गीत र फिल्मको सुटिङका लागि पनि उत्कृष्ट ठाउँ छन् ।

उपत्यका नजिक रहेकाले यहाँ घुम्न दिनहुँ हजारौं मानिस आइरहेका हुन्छन् । गोदावरीको शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तु र चराचुरुङ्गीको आवाजले आनन्दित तुल्याउँछ । यहाँको प्राकृतिक हराभरा, साँस्कृतिक एव धार्मिक सम्पदा, पहाडले पर्यटकलाई लोभ्याउने गरेको छ ।

सडकको सहज पहुँचले पछिल्लो समय यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । गोदावरी नगरपालिका–३ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटकको आकर्षकका लागि वडाले पूर्वाधार निर्माणसमेत गरेको छ ।

प्रकृतिले वरदानको रूपमा प्राप्त गोदावरी क्षेत्रलाई यहाँ अवस्थित ‘वनस्पति उद्यान’ ले अझ गहन र व्यापक बनाइदिएको छ । गोदावरीमा अवस्थित वनस्पति उद्यान एक प्राकृतिक खुला अन्वेषण र अनुसन्धानशाला भएको हुँदा विभिन्न जातजातिका वनस्पतिलाई सङ्कलन गरी व्यवस्थित रूपमा राखिएका छन् ।

नेपालकै एक मात्र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा वनस्पतिहरू अनुसन्धानसहित सङ्ग्रहालयको रूपमा राखिएका छन् । यहाँ तन्तु प्रजनन प्रविधिबाट कृत्रिम तरिकाले बोटबिरुवा, वनस्पति तथा बिउहरू हुर्काउने प्रविधिको विकास समेत २०३४ सालदेखि नै हुँदै आएको छ । यहाँ संरक्षण तथा शैक्षिक उद्यानसमेत रहेको छ । यहाँ गोदावरी फूललाई बाह्रै महिना फुलाउने प्रविधिको विकास गरी बाह्रै महिना गोदावरी फूल फुलेको देख्न पनि पाइन्छ । जसले गोदावरी नामलाई अझ जिउँदो बनाएको छ ।