२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरामा परेर एकको मृत्यु



अ+ अ-

मकवानपुर । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मृतक चालकको सनाखत भएको छैन ।

प्रवक्ता रानाका अनुसार सोही पहिरामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेको नाम खुलेको छैन । उक्त पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पु¥याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।