२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोभिड–१९ सङ्क्रमित



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन ९डब्लुएचओ० ले जनाएको छ  । पछिललो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ ।

डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा  १९ लाख ९८ हजार ८९७ व्यक्ति सङ्क्रमित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक हप्ताको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या छ प्रतिशतले बढेको छ र यो महामारी सुरु भएदेखि कै उच्च सङ्क्रमण दर हो । 

विश्वमा मङ्गलबारसम्म कोभिड–१९ बाट तीन करोड १५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या नौ लाख ६९ हजार ७०० भन्दा बढी पुगेको डब्लुएचओले बताएको छ । पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा ७० लाख ४६ हजार २१६ रहेको छ भने दोस्रो धेरै सङ्क्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजार ६०० भन्दा बढी पुगेको छ । 

अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख चार हजार ५०६ को मृत्यु भइसकेको छ । त्यस्तै बढी मृत्यु भएका अन्य मुलुकमध्ये ब्राजिलमा एक लाख ३७ हजार ३५०, भारतमा ८८ हजार ९६५, मेक्सिकोमा ७३ हजार ७००, बेलायतमा ४१ हजार ७८८र इटलीमा ३५ हजार ७२४ व्यक्तिको महामारीका कारण ज्यान गुमेको छ ।   




भर्खरै