२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो समय पछि फेवातालमा डुंगा सरर



अ+ अ-

काठमाडौं । पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ । 

लक डाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो । सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो । उहाँले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताउनुभयो ।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँले बताउनुभयो ।