२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार थपिए कोरोनाका १ हजार २ सय ४ संक्रमित



अ+ अ-

काठमाडौं । आज देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ  । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय ६१, प्रदेश नम्बर २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन ।