२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको डिजाइन- खतिवडाभित्र कुलमान बाहिर !



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुँदाहुँदै पनि मन्त्रिपरिषद्ले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले खतिवडालाई मन्त्रीसरहको सेवासुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री ओलीले खतिवडालाई नियुक्त गर्न विशेष आर्थिक सल्लाहकारको नयाँ पद सिर्जना गरेका हुन् । पूर्वअर्थसचिव लालशंकर घिमिरे प्रधानमन्त्रीको आर्थिक सल्लाहकार छन् ।  

सरकारबाट खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रालय मन्त्रीविहीन छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैंसँग राखेका छन् । उनले डा। खतिवडालाई छाया अर्थमन्त्री बनाउन विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीले आफूलाई मन परेका मानिसलाई नियुक्त गर्नचाहिँ नभएको पद पनि खडा गर्न मिल्नेरहेछ । गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, सांसद, मन्त्रीपद सबै प्राप्त गरेका खतिवडालाई पुनः मन्त्रीसरहको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको छ’, यो निर्णयप्रति असन्तुष्ट नेकपाका एक नेताले भने, ‘पार्टीभित्र आर्थिक रूपमा योग्यता र क्षमता भएका व्यक्ति डा. खतिवडामात्रै हुन् र ?’

पार्टी उपाध्यक्ष वामदेव गौतमले अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री मागिरहेका बेला प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडाको नियुक्तिलाई अर्थपूर्ण मानिएको छ । नयाँ अर्थमन्त्री नियुक्त गर्दा खतिवडाभन्दा कनिष्ठलाई गर्ने र मन्त्रालयमा खतिवडाको हस्तक्षेप रहनेगरी उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेका हुन् । ‘उहाँमा खतिवडामोह धेरै छ, गौतमले अर्थ मन्त्रालय मागेपछि उनीभन्दा माथि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुने भएकाले गौतमलाई मन्त्रालय नदिने रणनीतिका साथ यो नियुक्ति भएको हुनपर्छ’, नेकपाका अर्का नेताले भने ।

मन्त्रिपरिषद्ले डा। युवराज खतिवडालाई मन्त्रीसरहको सेवा–सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले निवर्तमान अर्थमन्त्री खतिवडालाई छाया अर्थमन्त्री बनाउन विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा थिए । सोहीअनुरूप संघीय संसद् सदस्यको म्याद सकिएपछि पनि खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । तर ६ महिनासम्म पनि संघीय संसद्को सदस्य नबनेपछि खतिवडाले राजीनामा दिएका थिए ।  

नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेपछि खतिवडा सरकारबाट बाहिरिएका थिए । सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गरिसकेको भए पनि नियुक्त भने भएका छैनन् । गौतमले अर्थ मन्त्रालय मागिरहेका छन् । तर प्रधानमन्त्री ओली भने गौतमलाई अर्थ मन्त्रालय होइन, मन्त्री नै नदिने पक्षमा छन् । ‘गौतमको साटो तुलसा थापा मन्त्री हुने सम्भावना छ ’, स्रोतले भन्यो । गौतमका अतिरिक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वअर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डेलगायतले पनि अर्थमन्त्री दाबी गरिरहेका बेला विशेष आर्थिक सल्लाहकारमा खतिवडाको नियुक्तिले धेरैलाई अप्ठेरो पारेको छ । नागरिक दैनिकमा समाचार छ ।