२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थपिए कोरोनाका १ हजार ५ सय ३९ जना संक्रमित



अ+ अ-

काठमाडौं । आज नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । 

आजसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । जसअनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना रहेका छन । 

यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा६ हजार ६३ गरी देशभरी आजसम्म ४१ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन ।