२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेका खाद्य सामाग्री बरामद



अ+ अ-

काठमाडौं । चावहिल चोक नजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्यसामाग्री बरामद र नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आज वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद र नष्ट गरेको हो । 

नष्ट गरिएका खाद्य बस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्राण्डका  परिकार, क्याटवरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ् गरिएका खाद्य बस्तु छन् । पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स,, बकुल्लालगायत करीब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरिएको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य बस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको थियो । बरामद भएका सामान ट्रान्सफर स्टेशन पुर्याएर फोहोरमा मिसाइएको छ ।

गएको आइतबार बिहान यस पसलमा पहिलो पटक अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाइएको थियो । आज फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट्यार उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो । 

लकडाउनले सामान छुट्यार सकिएको थिएन । अनुगमन समिति आएपछि छुट््याउन बाध्य भइयो । पसलका सञ्चालक सहयोगी सञ्जीवकुमार झा भन्दैहुनुहुन्थ्यो – अनुगमन टोलीले दिएका निर्देशनको पालना गरेर व्यापार गर्छौं । यस अघि पसलको माथि मजिन स्टोर र सावरिया होलसेल मार्ट लेखिएका दुईवटा वोर्ड राखिएको थियो । आज ती बोर्डमध्ये मजिन स्टोर हटाएर सावरिया होलसेल मार्ट लेखिएको बोर्ड मात्र झुड्याएको थियो ।