२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा डिसइन्फेक्सन गर्ने मेसिन बजारमा



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ ।

आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दावी छ । खेम्स क्लिनिङ र ¥यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरुपनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाई छ । कम्पनीका निर्देशकमनिष  थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताउनुभयो ।  ३० सेकेण्डदेखी ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उहाँले बताउनुभयो ।

मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।