२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलको जंगलमा भिषण अगलागी, एक हजार अग्निनियन्त्रक खटाइए



अ+ अ-

लिस्बन । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ । 

स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिनुभयो । सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ । 

पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ । तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो ।