२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपा नयाँ शक्तिको पदाधिकारी निर्वाचन दिउँसो ३ बजेपछि सुरु हुने



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ ।

आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा आज दिउँसो ३ बजेपछि चुनावी प्रक्रिया सुरु हुने केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

महाधिवेशनमा आईतबार निवर्तमान अध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भइरहेको छ ।

प्रतिवेदनमाथि १२ वटा समूहमा समूहगत छलफल भइरहेको पोखरेलले जानकारी दिए । दिउँसो ३ बजे समूहबाट आएका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने र त्यसपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउने उनले बताए ।

निर्वाचनबाट ११ जना पदाधिकारी, ९९ केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी चुनिने उनले बताए । मंगलबार महाधिवेशनको समापन गर्ने तयारी रहेको छ ।