२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री



अ+ अ-

काठमाडौंँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले खोप लगाउन यस अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिए ।

माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा  लेखेका छन् ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको छैटौँ दिनमा (माघ २८ गते सम्म) १० लाख १६ हजार सात सय ७१ किशोरीले खोप लगाएका छन् । यो समग्रमा ६० दशमलव ६५ प्रतिशत हो । १६ लाख ७६ हजार चार सय ५२ मध्ये १० लाख १६ हजार सात सय ७१ जना किशोरीले खोप लगाएका हुन् । उनले खोप कार्यक्रम सबैको सहयोगले सफल रूपमा चलिरहेको छ ।

शनिबार विद्यालय बन्द हुनाले खोप अभियान सञ्चालन गरिएको थिएन । उहाँका अनसार कोशीमा एक लाख ८१ हजार ५० जना, मधेसमा एक लाख ४८ हजार ५६ जना, बागमतीमा एक लाख ९६ हजार ७४ जना, गण्डकीमा ८६ हजार एक सय १२ जना, लुम्बिनीमा एक लाख ८९ हजार आठ सय ७७ जना, कर्णालीमा ८२ हजार सात सय ९८ जना र सुदूरपश्चिममा एक लाख ३२ हजार आठ सय चार जना किशोरीले खोप लगाएका छन् ।

शाखा प्रमुख डा गौतमले छ दिनको सफलता लक्ष्यअनुसार सबै किशोरीलाई खोप लगाइने जानकारी दिए । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका सञ्चालन गरेको खोप अभियानमा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सहभागी हुँदै छन् ।




भर्खरै