२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै



अ+ अ-

काठमाडौँ। आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।

आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो ।

विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसङ्घले यो दिवस मनाउन आह्वान गरेको हो ।

सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन प्रारम्भ भएको हो ।