२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा



अ+ अ-

काठमाडौं । ४ हजार भन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । यो चलचित्र केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।

नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो सम्बन्ध छ । उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र आशीर्वाद मा अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन् ।

ढकालले लेखेका छन्, “समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ ! अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । तर, यस पटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदै छु।” सङ्गीतलाई जीवन मानेका ढकालले चलचित्र ‘मालती मङ्गले’ उनका लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै भनेका छन्, “यो चलचित्रले मेरा सपनाहरूको एउटा ठुलो हिस्साको प्रतिनिधित्व गर्छ । म सबै दर्शक, चलचित्र प्रेमी, शुभचिन्तक र सङ्गी-साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु ।”

यो चलचित्र रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् । हालका लागि चलचित्रको अन्य टिमबारे जानकारी दिन बाँकी रहेको ढकालले बताएका छन् ।

नेपाली सङ्गीतमा लामो अनुभव सँगालेका ढकालले चलचित्र निर्माणमा नयाँ मोड लिँदै गर्दा ‘मालती मङ्गले’को कथा के हो र यो चलचित्र कस्तो बन्नेछ भन्ने प्रतीक्षाको विषय बनेको छ ।