२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गर्नुभएको छ ।

ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताउनुभयो ।

तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताउनुभएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो ।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहनुभएका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गर्नुभयो ।

“हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु – र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भन्नुभयो ।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताउनुभयो । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गर्नुभएको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिनुभएको बताइएको छ ।

जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गर्नुभएको थियो ।

यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुसरयुक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको बताएर विश्वलाई आश्चर्यमा पार्नुभयो ।

अमेरिकी राष्ट्रपतिले उहाँहरू ‘एक–अर्काको राष्ट्रको भ्रमण सहित धेरै नजिकबाट काम गर्न’ र ‘आ–आफ्ना टोलीहरूलाई युक्रेनबारे तत्काल वार्ता सुरु गर्न’ सहमत भएको बताउनुभयो ।

ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्नुभयो । जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल हुनुहुन्थेन ।

जेलेन्स्कीले पछि उहाँको ट्रम्पसँग ‘अर्थपूर्ण’ कुराकानी भएको बताउनुभयो । फोन वार्तामा ट्रम्पले पुटिनसँगको वार्ताको ‘विवरणहरू साझा गर्नुभएको’ उहाँले बताउनुभयो ।

कुराकानी पछि ट्रम्पले भन्नुभयो, “जेलेन्स्की राष्ट्रपति पुटिन जस्तै, शान्ति चाहनुहुन्छ ।”

किएभको राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येर्माकले टेलिभिजनमा दिएको टिप्पणीमा जेलेन्स्की र ट्रम्प सम्झौता तय गर्न प्रयास गर्ने प्रत्येक पक्षका उच्च–स्तरीय टोलीहरूको काम ‘तत्काल’ सुरु गर्न सहमत भएको बताउनुभयो ।

“टोलीहरूले दैनिक कामको प्रक्रिया सुरु गर्नेछन् र जेलेन्स्की र उहाँका अधिकारीहरूले एक दिनपछि म्युनिख सुरक्षा सम्मेलनमा संलग्न अमेरिकी अधिकारीहरूसँग भेट्नेछन्”, येर्माकले भन्नुभयो ।

तर पुटिनसँगको ट्रम्पको फोन वार्ताले संयुक्त राज्य अमेरिकाले रुसका सर्तहरूमा सहमत भएको चिन्ता बढाएको छ ।

पेन्टागन प्रमुख पिट हेग्सेथले बुधबार युरोपेली समकक्षीहरूसँग युक्रेनको सन् २०१४ पूर्वको सीमामा फर्कने सपना ‘भ्रमपूर्ण लक्ष्य’ हो र किएभको नाटो सदस्यताको चाहना ‘यथार्थवादी छैन’ भन्नुभयो ।

ट्रम्पले जेलेन्स्कीलाई बाहिर राखिएको अस्वीकार गर्नुभयो र हेग्सेथको टिप्पणीले वासिङ्टन रुसको पूर्वसर्तहरूमा सहमत भएको भन्ने आलोचनालाई अस्वीकार गर्नुभयो ।

यसैबीच येर्माकले युक्रेनको ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता र सार्वभौमिकता’ मा सम्झौता गर्न नसकिने किएभको अडान दोहोर्‍याउनुभयो ।

युक्रेनी नेताले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहनुभएको छ ।

यसैबीच ट्रम्पले सैन्य सहायता जारी राख्नका लागि किएभको दुर्लभ पृथ्वी खनिजको सट्टामा सम्झौताको सुझाव दिनुभएको छ ।

जेलेन्स्कीले बुधबार किएभमा अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टसँग भेट गरेपछि शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई भेट्नुहुनेछ ।

ट्रम्पसँगको फोन वार्ताबारे क्रेमलिनको वक्तव्य अधिक संयमित थियो ।

शान्ति वार्ताको माध्यमबाट दीर्घकालीन समाधानमा पुग्न सकिन्छ भन्ने कुरामा पुटिन ट्रम्पसँग सहमत हुनुभएको तर उहाँले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न चाहेको बताउनुभएको क्रेमलिनको वक्तव्यमा उल्लेख छ । मूल कारणका लागि रुसले किएभमा पश्चिमी प्रभावलाई दोष दिएको छ ।

यसै हप्ता एक कैदी आदान–प्रदान सम्झौतामा सम्बन्ध सुधारका सङ्केतहरू देखिएका थिए । यसमा मस्कोले अमेरिकी शिक्षक मार्क फोगेल र बेलारुसले एक अमेरिकी नागरिकलाई रिहा गरे भने वासिङ्टनले रुसी क्रिप्टोकरेन्सी किङपिन अलेक्जान्डर भिन्निकलाई रिहा गर्‍यो ।

ट्रम्पले यसअघि पनि पुटिनका लागि प्रशंसा व्यक्त गरिसक्नुभएको छ र आफ्नो ट्रुथ सोसल पोस्टमा रुसी राष्ट्रपतिको प्रशंसा गर्नुभएको छ । उहाँले ‘पुटिनले मेरो धेरै बलियो अभियानको आदर्श वाक्य, ‘सामान्य सेन्स’ पनि प्रयोग गर्नुभयो भन्दै फोगेलको रिहाइका लागि उहाँलाई धन्यवाद दिनुभयो ।

तथापि सम्भावित सम्झौताको स्वरूपबारे किएभ र युरोपेली राजधानीहरूमा चिन्ता बढ्दै गएको छ ।

फ्रान्स, जर्मनी र स्पेनका विदेशमन्त्रीहरूले बुधबार किएभ र यसका युरोपेली साझेदारहरूको संलग्नता बिना ‘कुनै न्यायोचित र दीर्घकालीन शान्ति’ हुन नसक्नेमा जोड दिनुभयो ।