२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना छनोट प्रक्रियालाई प्रभावकारी बनाइने



फाइल फोटो
अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाउने बताएका छन् । उनले आवधिक योजना र आयोजना बैंकमार्फत मात्रै योजना छनोट प्रक्रिया अघि बढाइने बताए ।

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी प्रदेश विकास परिषद्को बैठकलाई आज लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनालाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।

“प्रदेश सरकारले तथ्यांकका आधारमा योजना बनाउँछ”, उनले भने, “तथ्यांक र प्रमाणलाई आधार मानेर योजना छानिन्छन् । यसका लागि आवधिक योजना र आयोजना बैंकले हामीलाई सहयोग गर्नेछ ।”

प्रदेश सरकारले नयाँ योजना थप्नेभन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रूपमा महत्त्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने योजनालाई प्राथमिकतामा राख्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।

आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुअघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावलाई समेटिने मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकार स्थापना भएपछि विकास निर्माणले गति लिएको, गाउँ सहरको मुहार फेरिएको, जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालगायत वक्ताहरूले सम्बोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशा निर्देश गर्नुपर्नेमा जोड दिएका थिए । रासस