२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्यामा परेका नागरिहरुलाई निःशुल्क खाना वितरण, हेरौ तस्विरहरु



अ+ अ-

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ ।

कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो । दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौँको विभिन्न स्थानहरुमा खाना वितरण भइरहेको परिषद्की कार्य समिति सदस्य निता पौडेलले बताउनुभयो । संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरी भिडभाड नहुने गरी खान भनिएको छ । 

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउन र त्यसबाट सिर्जना भएको आर्थिक संकटले समस्यामा परेकाहरुलाई खाना खुवाइएको उहाँले बताउनुभयो । भदौ १९ गतेबाट संस्थाले खाना खुवाइरहेको छ । 

आज काठमाडौंको हात्तिगौडामा मानव अधिकारका लागि महिलासमूहले पनि दाल चामल र नुन वितरण गरेको छ । कोरोनाले समस्यामा परेका नागरिहरुलाई समूहले खाद्यान्नका सामग्री वितरण गरेको हो ।




भर्खरै