२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले पोखरा, बुटवल र धनगढीमा प्रदेश स्तरिय आमसभा गर्दै



अ+ अ-

काठमाडौं ।  हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको दल राप्रपाले फागुन महिनामा विभिन्न सभाहरु गर्ने भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरु गर्ने र चैतमा काठमाण्डौं केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको थियो । माघ महिनामा संगठन सुदृढीकरण र साना सभाहरु भएका छन् भने फागुनमा केही सभाहरु तय भइसकेका छन् अरु सभाहरुको तयारी हॅुदै गरेको राप्रपाले जनाएको छ ।

यसक्रममा फागुन ९ गते गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा, फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवलमा र फागुन १८ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा सभाहरु हुने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले सरकारको गलत कार्यशैलीदेखि भ्रष्टाचार, सर्वत्र बेथितिको विरोध गर्ने र जनजीविकाका मुद्धाहरु, आफ्ना एजेण्डाका पक्षमा जनतालाई जागरुक तुल्याउन र जनमत निर्माण गर्न देशैभर विविध कार्यक्रमहरु गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । ०८२ बैशाख मसान्तसम्म वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भनेर हामीले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेका छौं, यतिबेला सबै स्थानीय तहको संगठन चलायमान भइरहेको छ, उनले भने ।

पोखरा, बुटवल र धनगढीमा हुने सभाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्नुहुनेछ।