२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा लागुऔषध कारोबारमा संलग्न ५ पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । लागुऔषध, हुण्डी रकम तथा गाँजा कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाममा सञ्चालनमा रहेको न्यू अनुस्का ट्रेडर्स मनि ट्रान्सफरबाट ४७ लाख ८४ हजार ६सय ३५ शंकास्पद रकम सहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ८ का जेनिसकुमार साह रहेका छन् ।

त्यस्तै श्रोत नखुलेको रकमसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम वडा नम्बर ८स्थित चेकजाँचको क्रममा १० लाख रुपैयाँ हुण्डी रकमसहित भारत, बिहारका जामुन नायकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आईतवार (४ गत्ते) धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागुऔषध खैरो हिरोइन विक्री वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको प्रहरीको टोलीले खैरो हिरोइन जस्तो देखिने पदार्थ ३९.१९० ग्रामसहित मोटरसाइकलमा सवार २५ वर्षीया राजेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तीवारीले जानकारी दिनुभयो ।

त्यस्तै, गत २९ गत्ते जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थामा चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अस्फाक राइन र सल्मत अलीलाई ५.६ मिलि ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध पदार्थसहित पक्राउ गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिनुभयो । प्रहरीले सबैला नगरपालिका वडा नम्बर १३ प्रसाहीस्थित महेश्वर मण्डल खत्वेको घरबाट २ के।जी। गाँजा र औजार बरामद गरेको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।




भर्खरै