२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डका लोकी फर्गुसन च्याम्पियन्स ट्रफीबाट बाहिर



अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्डका तिब्र गतिका बलर लोकी फर्गुसन खुट्टाको मांसपेशीमा तनावका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् ।

उनको स्थानमा काइल जेमिसनलाई मौका दिइएको छ । च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्यूजिल्याण्डले बुधबार १९ फेब्रुअरीमा पाकिस्तानसँग खेल्ने छ ।

यस्तो अवस्थामा फर्गुसनको अन्तिम क्षणमा प्रतियोगिताबाट बाहिरिनु टोलीका लागि ठूलो झट्का हो ।

दायाँ हाते फास्ट बलर फर्गुसन १० दिनअघि युएई लिग आईएलटी २० को खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा दुखाई भएको थियो ।

फर्गुसनलाई च्याम्पियन्स ट्रफीका लागि न्यूजिल्याण्डको टोलीमा समावेश गरिएको थियो । उनी न्यूजिल्याण्डको केन्द्रीय सम्झौताबाट बाहिर छन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकपपछि न्यूजिल्याण्डका लागि कुनै एकदिवसीय खेल खेलेका छैनन् ।