२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्सालको शव नेपाल ल्याईँदै



अ+ अ-

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ ।

उनको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको र आज साँझसम्म शव रुपन्देहीमा ल्याउने तयारी गरिएको छ ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । कलेज प्रशासनले पटक–पटक माफी मागेको छ । नेपाली छात्रा मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।

यो विषय संसदमा पनि उठिसकेको छ भने उता ओडिसाको विधानसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसका कारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरिय समिति बनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार प्रकृतिका प्रेमी भनिएका अडविक श्रीवास्तवसहित ६ जना हाल प्रहरी नियन्त्रणमा छन् । श्रीवास्तवको यातना र टर्चर सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनका साथीहरुले आरोप लगाएका छन् । श्रीवास्तव हाल प्रहरीको न्यायिक हिरासतमा छन् ।

कलेजबाट निकालिएका ४० भन्दा बढी नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।