२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलेशलाई बागमती यु–२० महिला सेभेन्स रग्बीकाे उपाधि



अ+ अ-

काठमाडौं। कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गर्ल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ।

मघ्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो। खेलको पहिलो हाफमै सलेशले एक ट्राईमार्फत ५–० को अग्रता लिएको थियो।

दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो। सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अंक जोडेकी हुन्। एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ। तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन।

कर्णालीले पहिलो सेमिफाइनलमा नेपाल महिला रग्बी संघलाई कन्भर्जन किकमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। निर्धारित समय र थप गरिएको समयमा पनि कुनै टोलीले अंक ल्याउन सकेनन्। त्यसैले विजेताको टुंगो कन्भर्जन किकबाट गरिएको हो। कन्भर्जन किकमा कर्णालीले सफल रह्यो। उसले दुई किकलाई कन्भर्ट गर्न सक्यो। नेपाल महिला रग्बी संघले भने कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन।

अर्को सेमिफाइनलमा भने सलेशले बागमतीलाई १०–५ ले पराजित गर्‍यो। पहिलो हाफमा दुवै टोलीले एक/एक ट्राई गरेका थिए। दोस्रो हाफमा भने सलेशले एक ट्राई गर्‍यो। तर, प्राप्त कन्भर्जन किकलाई भने दुवै टोलीले कन्भर्ट गर्न सकेनन्। नेपाल महिला रग्बी क्लब र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा कोशीको सलेशसहित सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशका आरुषी भट्टराई घोषित भइन्। उत्कृष्ट प्रशिक्षक सलेशकै नवीन दर्लामी रहे।

प्रतियोगताका विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा र उपविजेतालाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे।