२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्गिस्तानलाई हराउँदै म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौं ।राजधानीमा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानलाई हराउँदै म्यानमार फाइनल प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउदै म्यानमार फाईनल पुगेको हो । म्यानमार एक खेल आगवै फाईनल पुगेको हो ।

म्यानमारले पहिलो हाफको पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्‍यो । यस्तै, दोस्रो हाफको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्‍यो ।

लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा नेपाल र लेबनान भिड्दैछन् । खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेल जितेमा नेपालले पनि फाइनलको यात्रा तय गर्नेछ ।