२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिमलाई व्यवसायसँग जोड्न आवश्यक : मन्त्री भण्डारी



अ+ अ-

धनगढी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तालिमलाई रोजगारसँग जोड्न आवश्यक भएको बताएका छन् ।

धनगढी उपमहानगरपालिकाले आजदेखि सुरु गरेको सीप तथा रोजगार मेलाको उद्घाटन कार्यक्रममा उनले तालिमलाई व्यवसायसँग जोड्सके मात्र बढ्दो बेरोजगारी अन्त्य हुने दिशातर्फउन्मुख हुने बताए।

उनले विगतदेखि नै विभिन्न मन्त्रालयले लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँदै तालिमले दक्ष जनशक्ति उत्पादनमा सहयोग गरिरहेको बताए।

उनले भने, ‘तालिम त दिइरहेका छौँ तर त्यसबाट कति जना रोजगारीसँग जोडिए त्यो हेर्नुपर्ने हुन्छ ।’ उनले एक महिने तालिमको समयावधि पर्याप्त हो होइन छलफल गर्न आवश्यक रहेको बताउँदै तालिम परिणाममुखी हुनुपर्ने धारणा व्यक्त गरे। मन्त्री भण्डारीले सङ्घ, प्रदेश र स्थानीय तहले छरिएर नभएर एकीकृत ढाँचामा तालिम सञ्चालन गर्न सरकार लागिपरेको बताए।

उनले धनगढी उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाको आयोजना गरेर राम्रो कामको सुरुआत गरेको बताउँदै यसको अपनत्व सिङ्गो सुदूरपश्चिमका साथै देशले ग्रहण गर्नुपर्ने बताए।

नेपाली श्रमबजारमा बाहिरबाट आयात भएको जनशक्तिले श्रमबजारको मुनाफा लगिरहेको बेला सीप तथा रोजगार मेलाको सान्दर्भिकता, आवश्यकता रहेको उनको भनाइ थियो । उनले बजारको मागअनुसार युवालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ३९ वटा स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न आठ विधाका २९ विषयमा प्राविधिक तालिम प्रदान गरिनेछ । धनगढीको खुला मञ्चमा आजदेखि सुरु भएको सो मेला ४० दिनसम्म सञ्चालन हुनेछ । रासस